images

२०८३ आश्विन २५ गते

images
images
images

बागलुङ ट्राफिकले एक वर्षमा संकलन गर्‍यो १ करोड २० लाख राजस्व

बागलुङ ट्राफिकले एक वर्षमा संकलन गर्‍यो १ करोड २० लाख राजस्व

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  • ढोरपाटन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व संकलन गरेको छ ।

    images
    images

    चालु आर्थिक वर्षमा संकलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व संकलन बढ्दो क्रममा छ ।

    आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व संकलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार संकलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जीप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो ।

    images
    images

    जिल्ला ट्राफिक कार्यालय प्रमुख सुमन निउरेका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्र्याक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन् । 

    एक वर्षमा जिल्लामा १६ वटा दुर्घटना भएको निउरेले जानकारी दिनुभयो । एक बस, आठ जीप तथा कार, ट्र्याक्टर, टेम्पो एक/एक, मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए । एक वर्षमा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । गत वर्ष २४ सवारीसाधन दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । 

    ट्राफिक प्रमुख निउरेले दूर्घटना न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाईका साथ पालना गराउँदा यस वर्ष दुर्घटना कम भएको बताए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend