images

२०८३ आश्विन २२ गते

images
images
images

एमपक्स कसरी सर्दछ? कसरी जोगिने?

एमपक्स कसरी सर्दछ? कसरी जोगिने?

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  •  काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार एमपक्स भाइरसबाट हुने संक्रमण हो। यो संक्रमण मुख्यतया नजिकको सम्पर्कबाट मानिसहरू बीचमा फैलिन सक्छ। त्यसकारण यौन सम्पर्कबाट पनि यो रोग सर्न सक्छ। एमपक्स यौनजन्य क्रियाकलाप वा सोही प्रकारका अन्तरंग सम्पर्कबाट पनि सर्न सक्छ। संक्रमित व्यक्तिसँग यौन सम्पर्क गर्दा हुने शारीरिक सम्पर्क, चुम्बनका साथै मुख मैथुनका समयमा यो सर्न सक्छ। 

    images
    images

    एमपक्सका लक्षणहरु कहिलेकाहीँ योनाङ्गका साथै मुखमा पनि देखा पर्न सक्दछन्। यही कारणले गर्दा संक्रमितसँग यौनसम्बन्ध राख्दा अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुन्छ। मुख र छालाको सम्पर्कले गर्दा पनि संक्रमण हुन सक्छ।एमपक्स वीर्य वा योनीबाट निस्कने तरल पदार्थबाट सर्न सक्छ वा सक्दैन भन्ने हालसम्म यकिन भइसकेको छैन। तसर्थ यो रोग यौन सम्पर्कबाट सर्ने भएता पनि यसलाई हालसम्म यौनजन्य क्रियाकलापबाट सर्ने रोगको समूहमा राखिएको छैन।

    एमपक्स कसरी सर्दछ?
    - चुम्बन गर्दा वा यौन सम्पर्कका बेला एकअर्कालाई छुँदा,
    - एमपक्स भएको व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कमा रही कुरा गर्दा वा सास फेर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ 
    - एमपक्सबाट संक्रमित जनावरहरूबाट जस्तै: शिकार गर्दा, छाला काट्दा वा पकाउँदा 
    - संक्रमित वस्तु, जस्तै कपि किताब, टावेल, लुगा वा सुईमार्फत्
    - गर्भावस्थाको समयमा संक्रमित आमाबाट गर्भमा रहेको बच्चामा भाइरस सर्न सक्दछ

    images
    images

    एमपक्सका लक्षणहरू:
    * २ देखि ४ हप्तासम्म रहन सक्ने बिमिरा आउनु
    * ज्वरो आउनु, टाउको दुख्नु, मांसपेशी दुख्नु, ढाड दुख्नु, शिथिल महसुस हुनु र लिम्फ नोड्स (ग्रंथिहरू) सुन्निनु
    * बिमिराले अनुहार, हत्केला, पैतला, यौनाङ्ग वा मलाशयमा असर पुर्याउन सक्छ 
    * केही संक्रमितहरु गम्भीर रुपमा बिरामी पर्न सक्छन् र अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने हुनसक्छ

    कसरी जोगिने?
    - एमपक्सको शङ्का लागेका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने। 
    - सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने। 
    - सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पीपीई लगाउने। 
    - नियमित रुपमा साबुन पानीले मिचिमिची हात धुने।
    - घाउसँग प्रत्यक्ष सम्पर्कमा रहिन्छ भने हातमा पन्जा लगाउने।
    - मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने। 
    - सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातोपानी र डिटर्जेन्टले धुने गर्नुपर्छ।
    - सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसङ्क्रमण गर्ने। 
    - मासु तथा पशुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ। 
    - फोहोरको उचित तरिकाले व्यवस्थापन गर्नुपर्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend