काठमाडौं । जाडोमा कफी पिउन सबैलाई मन लाग्छ । सधैं एउटै स्वादको कफी पिउँदा झ्याउ लाग्न सक्छ ।
तपाईंका लागि डार्क चकलेट कफी उपयुक्त विकल्प हुन सक्छ । यहाँ हामी यही कफी बनाउने विधि बताउँछौं ।
के-के चाहिन्छ सामग्री ?
- दूध दुई कप
- डार्क चकलेट तीन टुक्रा
- कफी पाउडर एक सानो चम्चा
- अलैंचीको धूलो आधा सानो चम्चा
- चिनीको धूलो पाँच सानो चम्चा
यस्तो छ विधि
- शुरूमा एउटा भाँडोमा दूध राख्नुस् र सानो आगो बालेर तताउनुस् । दूध हलुका मात्रै तताउँदा राम्रो हुन्छ ।
- दूध तातेपछि कफी पाउडर राख्नुस् ।
- कफी पाउडरलाई दूधमा राम्ररी घोल्नुस् ।
- त्यसपछि दूधलाई मिक्सरमा राखेर डार्क चकलेट फुटाएर त्यो पनि मिसाउनुस् ।
- अब त्यसमा अलैंचीको धूलो र चिनीको धूलो राख्नुस् ।
- अब मिक्सरमा सबैलाई ग्राइन्ड गर्नुस् ।
- त्यसपछि त्यसलाई निकालेर हलुका तताउनुस् ।
- अनि स्वादिलो कफी कपमा राखेर पिउनुस् ।




.gif)





