images

२०८३ कार्तिक १ गते

images
images
images

५ महिनामा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब ७ अर्ब सञ्चित

५ महिनामा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब ७ अर्ब सञ्चित

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को कात्तिकसम्मको तथ्यांकबाट ६ खर्ब ७ अर्ब ८७ करोड १४ लाख रुपैयाँ सञ्चित रहेको देखिएको छ ।

    images
    images

    चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांकअनुसार सञ्चित रकम ६४ अर्ब ५ करोड ३३ लाख रुपैयाँले बढेको हो । गत असारको अन्त्यसम्ममा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा रहेको थियो ।

    यस्तै वित्तीय क्षेत्रभन्दा बाहिर सवा ७ खर्ब बढी रकम चलनचल्तीमा रहेको पनि बैंकले जनाएको छ । चलनचल्तीमा रहेको मुद्रा ९करेन्सी इन सर्कुलेसन० ७ खर्ब ३० अर्ब २८ करोड रहेको बैंकको तथ्यांकले देखाएको छ ।

    images
    images

    बैंकका अनुसार पछिल्लो ५ महिनामा यस्तो चलनचल्तीमा रहेको रकम ५० अर्ब २३ करोड २९ लाख रुपैयाँले बढेकोे छ । गत असार मसान्तसम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेको थियो । गत कात्तिकको तुलनामा भने चलनचल्तीमा रहेको रकम १५ अर्बले घटेको छ । कात्तिकसम्म चलनचल्तीमा रहेको रकम ७ खर्ब ४५ अर्ब ९१ करोड थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend