images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको...

वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं : कुलमान

वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं : कुलमान

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् ।कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताएका हुने ।

    images
    images

    उनले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गरे । उनले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ ९मिश्रित लगानी० को नमुना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताए ।

    कार्यकारी निर्देशक घिसिङले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना नेपालको लागि अत्यावश्यक रहेको भन्दै तत्काल बन्न जरुरी रहेको बताए । उनले विश्व बैंक,एडिबी लगायत अन्य विकास साझेदारहरूबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरूबाट नै बन्नसक्ने अवस्था रहेको पनि बताए । उनले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको बताए । उनले आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको पनि बताए । उनले दुधकोशी पनि ६७० मेगावाट आयोजनाको तयारी पूरा भएको पनि जानकारी दिए ।

    images
    images

    उनले भने ‘तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न हुँदा नेपालको रिजर्भर आयोजनामा ठूलो योगदान गर्छ । ट्रान्समिसन लाइनमा बुटवलदेखि बर्दघाटसम्मको १२० केभीको ट्रान्समिसनलाई लामो समयदेखि सम्पन्न भएको थिएन । अहिले सम्पन्न गरेर चार्ज भएपछि म्यादीको दाना देखि कुशमा हुँदै बुटवल भरतपुरसम्म पूर्णरुपमा चार्ज भयो । पावर निर्यात गर्नलाई ठूलो सहयोग गर्छ । ठूलो नेटवर्क बनेको छ हेटौँडा देखि ४०० के।भी सकिन लागेको छ । प्राधिकरणले सुरु गरेको ट्रान्समिसनलाई सबै सम्पन्न हुने चरणमा छ । मर्स्याङ्दी करिडोरको बाँकी छ । आगामी जेठसम्म सम्पन्न गर्ने चरणमा हामी छौं । अपर अरुण नेपालको एउटा गेमचेन्जर आयोजना हो । १०६३ मेगावाटको आयोजना हो । तत्काल बनाउनुपर्ने परियोजना हो । विगत लामो समय परियोजनाको तयारीमा लगायौं । ८ वर्ष लगाएर सम्पूर्ण तयारी पूरा भएको छ । अहिले टर्नेलसहितको २ किलोमिटरको पहुँच मार्ग छ । फुलफेजमा काम सुरु भएको छ । परियोजनालाई आवश्यक जग्गा अधिकरणदेखि सबै सकिए काम सुरु भएको छ । हेलिकप्टर प्रयोग गरेर समानहरू लगेर काम गरिरहेको छ । आयोजनाको फाइनान्सिङ्को लागि विश्व बैंक,एडबी लगायत अरु डेभलोपमेण्ट पार्टनरहरूले फाइनान्सिङ क्लोज गर्ने क्रममा छ । केही प्राविधिक विषयहरूमा फाइनल गर्नुपर्ने छ । फाइनान्सिङको लागि सहमति रोकिएको छ । जुनमा हुने भनिएको थियो । अहिले रोकिएको छ । अप्पर अरुण बनाउनको लागि विश्व बैंक,एडबी लगायत अरु डेभलोपमेण्ट पार्टनरहरूले फाइनान्सिङ सम्भव भएन भने यो आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरूबाट नै बन्छ । यो माथिल्लो तामाकोशीको मोडलमा बन्छ । देशविदेशमा भएका नेपाली जनताको लगानी माथिल्लो अरुणमा लगानी गर्न अगाडि बढाउँछौँ । आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको छ । दुधकोशी पनि ६७० मेगावाट आयोजनाको तयारी सम्पूर्ण रुपमा पूरा भएको छ ।’

    उनले नेपालमा उत्पादित विद्युत् गुणस्तरीय सप्लाईको लागि आवश्यक ट्रान्समिसन लाइनहरू पनि क्रमिक रुपमा बनाउँदै गएको बताए । उनले प्राधिकरणले बनाउन सुरु गरेको ट्रान्समिसन लाइनहरू प्रायः सम्पन्न हुने तयारीमा रहेको जानकारी दिए । उनले बुटवलदेखि बर्दघाटसम्मको १२० के।भीको ट्रान्समिसन पनि सम्पन्न भएको बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend