images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • मितेरी डेभलपमेन्ट बैंकसहित सात कम्पनीको लाभांश...

मितेरी डेभलपमेन्ट बैंकसहित सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मितेरी डेभलपमेन्ट बैंकसहित सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । कृषि विकास बैंकसहित सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन रहेको छ।

    images
    images

    ती कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ भोलि पुस १५ गते तुम ल्होसारको सार्वजनिक बिदा परेकोले आज पुस १४ गतेसम्म कायम शेयरधनीहरुले ती कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    कृषि विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा भक्तपुरको बाडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई तोकिएबमोजिमको चुक्तपुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ।

    यसैगरी महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ। काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सन सुवर्णशमशेर मार्गमा बिहान १० बजे सुरु हुने सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गते १९ औँ वार्षिक साधारणसभा गर्ने भएको छ। सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजे सुरु हुने सभाले हाल कायम चुक्तापुँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    छिमेक लघुवित्त वित्तीय संस्थाले पुस २९ गते २३ औँ वार्षिक साधारणसभा गर्ने भएको छ। मकवानपुरको हेटौँडास्थित होटल सामनामा बिहान ११ बजेबाट हुने सभाले आर्थिक वर्ष २०८०।८१ का लागि हाल कायम चुक्तापुँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    त्यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाले पुस २८ गते छैटौँ वार्षिक साधारणसभा गर्ने भएको छ। सभा मोरङको कटहरी २ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजे सुरु हुनेछ। सभाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको छैटौँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। सभा दाङको घोराहीस्थित होटल माला इनमा बिहान ११ बजेबाट सुरु हुनेछ।सभाले गत आर्थिक वर्षका लागि कुल १५ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

    चिलिमे जलविद्युत कम्पनीले पुस २८ गते आफ्नो २८ औँ वार्षिक साधारणसभा गर्दैछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend