images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • पाँच सय शय्याको सञ्जीवनी अस्पतालले माग्यो...

पाँच सय शय्याको सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी जनशक्ति

पाँच सय शय्याको सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी जनशक्ति

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • दाङ । दाङको घोराहीमा सञ्चालनमा आउन लागेको नयाँ अस्पताल सञ्जीवनी अस्पतालले विभिन्न पदमा जनशक्ति माग गरेको छ। अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ। 

    images
    images

    सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ।

    अस्पतालका लागि चार सय नर्ससहित विभिन्न पदमा ८२१ जना जनशक्तिको माग गरिएको छ। सबैभन्दा धेरै नर्सकै माग गरिएको अस्पतालले निकालेको सूचनामा उल्लेख छ। 

    images
    images

    अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि अस्पतालले जनशक्ति माग गरेको हो।

    अस्पतालले माघ १५ गतेभित्र आवेदन दिन भनेको छ। अस्पताल ३ अर्ब लगानीमा निर्माण भइरहेको अर्यालले जानकारी दिएका छन्।

    हेरौं सूचना

    sanjivini.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend