images

२०८३ आश्विन १९ गते

images
images
images

पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’

पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक भएको छ।

    images
    images

    पोस्टरमा चार मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा देखाइएको छ, जसले चलचित्र हास्यरसमा आधारित रहेको सङ्केत गर्दछ। पोस्टरमा फिल्मका मुख्य पात्रहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङलाई बास्केटबल कोर्टमा रमाइलो गरिरहेको देखाइएको छ।

    फिल्मको पोस्टरसँगै रिलिज मिति समेत सार्वजनिक गरिएको छ। फिल्म आगामी फागुन २३ गते रिलिज हुने भएको छ।‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ को सफलतापछि निर्माण गरिएको हो । यसले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।

    images
    images

    फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सह–निर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend