images

२०८३ आश्विन १६ गते

images
images
images
  • पूर्वाधार
  • पुलको स्पान भत्किएको साढे तीन महिनासम्म...

पुलको स्पान भत्किएको साढे तीन महिनासम्म पनि मर्मत भएन

पुलको स्पान भत्किएको साढे तीन महिनासम्म पनि मर्मत भएन

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको क्षतिग्रस्त तिलावे पुल स्थानीयले अविलम्ब मर्मतसम्भार हुनुपर्ने माग गरेका छन्।  

    images
    images

    पुलको स्पान भत्किएको साढे तीन महिना भए पनि जलस्रोत तथा सिँचाइ विभागबाट निरीक्षणबाहेक मर्मतसम्भारको प्रयास नहुँदा स्थानीयले अविलम्ब पुल बनाउनुपर्ने माग गरेका हुन्।  

    नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेशप्रसाद साहले पुसको पहिलो साता जलस्रोत तथा सिँचाइ विभागबाट उपमहानिर्देशक वासु तिमिल्सेनाको नेतृत्वमा स्थलगत निरीक्षण गरेर गएको जानकारी दिए। 'जलस्रोत तथा सिँचाइ विभागका निरीक्षण गर्न आएका टोलीले सडक विभागका महानिर्देशकलाई तिलावे पुल मर्मतसम्भार थाल्न अनुरोध गरेको छ,' उनले भने, 'निरीक्षण टोलीले भत्किएको पुलको स्पानमात्रै मर्मतसम्भार गरेर सञ्चालन गर्ने वा अर्काे दुई लेनको नयाँ पुल निर्माण गर्ने सुझाव दिएको छ। यद्यपि निर्णय भएको छैन।'  

    images
    images

    पुल नजिकबाट पथान्थरण गरिएको छ। 'हामीले सहज रूपमा सवारीसाधन सञ्चालन गर्न डाइभर्सन गरेका  छौँ। डाइभर्सन पनि एक साताभित्रै ग्राभेल गर्नेछौँ,' उनले भने। हाल यो पुलमा सवारीसाधन चलाउन रोक लगाइएको छ। तिलावे पुल ५० वर्षअघि  निर्माण भएको हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend