images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता...

नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता समाजको माग

नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता समाजको माग

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह समक्ष नेपाल स्वयंसेवी रक्तदाता समाजले ज्ञापन-पत्र बुझाएको छ।समाजले निःशुल्क रगत र रक्त-तत्वहरू उपलब्ध गराउन उपप्रधानमन्त्री सिंहलाई ज्ञापन-पत्र बुझाएको समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिए।

    images
    images

    ज्ञापन-पत्रमा राज्यद्वारा मानव रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूलाई निःशुल्क उपलब्ध/ वितरण गराउने/गर्ने नीति लिए तापनि हालसम्म परीक्षण शुल्कको रुपमा अनावश्यक बढी रकम असुलिरहेको विद्यमान परिस्थितिले विपन्न वर्गका बिरामीहरुलाई ठूलो आर्थिक भार आइरहेको उल्लेख छ। 

    समाजले त्यस्तो परिस्थितिलाई न्यूनीकरण गर्न स्थानीयहरुको सहभागिता र स्थानीय सरकारबीच समन्वय गर्दै निःशुल्क रगत वितरणको कार्यको पनि थालनी गरी सेवा प्रवाह गरिरहेको ज्ञापनपत्रमा जनाइएको छ। ज्ञापन-पत्रमा वर्षेनी मनाउँदै आइरहेको राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस माघ १५ लाई राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको रुपमा घोषणा गर्न माग गरिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend