images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • भोलि (बिहिबार)अन्तिम दिन ३ कम्पनीको लाभांश...

भोलि (बिहिबार)अन्तिम दिन ३ कम्पनीको लाभांश सुरक्षित गर्ने

भोलि (बिहिबार)अन्तिम दिन ३ कम्पनीको लाभांश सुरक्षित गर्ने

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं । भोलि बिहीबार सिद्धार्थ बैंक, सर्वोत्तम सिमेन्ट र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लाभांश सुरक्षित गर्ने अन्तिम दिन तोकेका छन् ।

    images
    images

    सर्वोत्तम सिमेन्ट र एचआईडीसीएलले पुस १२ गते र सिद्धार्थ बैंकले १४ गते बुक क्लोज गर्ने निर्णय गरेपनि सो दिन शुक्रबार र शनिबार परेकाले नेप्से बन्द रहने भएकोले भोली अन्तिम दिन भएको हो । यसैबीच सिद्धार्थ बैंकले चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । जसका लागि प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बस्ने भएको छ ।

    यस्तै सर्वोत्तम सिमेन्टले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । सर्बोत्तमले प्रस्तावित लाभांश पारित गर्न पुस २६ गतेको लागि साधारण सभा बोलाएको छ ।

    images
    images

    यता एचआईडीसीएलले पनि चुक्ता पूँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस कम्पनीले घोषित लाभांश पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend