images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच...

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यवसायिक सम्झौता

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यवसायिक सम्झौता

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं । लुम्बिनी विकास बैंक लि. र लिजेण्ड प्रोपर्टिज प्रा.लि. बिच पुस ८ गते व्यवसायिक सम्झौता भएको बैंकका प्रमुख कार्यकारी अधिकृतनरेश सिंह बोहराले बताएका छन् ।बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रा।लि। का तर्फबाट उपाध्यक्ष पुर्ण बहादुर लिम्बुले उक्त सम्झौतमा हस्ताक्षर गरेका थिए ।

    images
    images

    आगामी दिनमा एक अर्कालाई व्यवसायिक रुपमा सहकार्य गर्ने गरि सम्झौता गरिएको छ । उक्त सम्झौता अनुसार लिजेण्ड प्रोपर्टिज प्रा.लि.ले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरि विभिन्न ठाँउमा व्यवस्थित एवं योजनाबद्घ रुपमा विकास गर्ने । 

    विक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवाशीय घरहरु खरिद गर्ने ग्राहकहरुलाई लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरु मार्फत सुलभ व्याजदर तथा सरल प्रकृया मार्फत आवाश कर्जा उपलब्ध गराउने भएको छ ।

    images
    images

    लिजेण्ड प्रोपर्टिज प्रा।लि।ले हाल नेपालको काठमाडौं उपत्यका भित्र, भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरि विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।त्यसैगरि देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । 

    यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंक हो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend