धनकुटा । स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले धनकुटाको कागतेमा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव सुरु भएको छ।
समृद्धि युवा क्लब, कागतेको आयोजनामा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव सुरु भएको हो। आगामी पुस २० गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय कृषकहरूका उत्पादनलाई बजारमा पुर्याउनुका साथै नयाँ नयाँ सम्भावनाको खोजी गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।
महोत्सवमा सुन्तला, एभोकाडो र अन्य फलफूलका परिकार, प्रदर्शनी र बिक्रीका स्टलहरू समावेश गरिएको छ। महोत्सवले कृषक, व्यवसायी र सर्वसाधारणबीच सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। महोत्सव समृद्धि युवा क्लबको पहलमा स्थानीय सरकार र समुदायको सहकार्यमा आयोजना गरिएको क्लवका अध्यक्ष माहन खानले जानकारी दिए। महोत्सवले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजको प्रदर्शनी र बजारी करणमा सहयोग पुग्ने हुँदा यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए।
महोत्सवको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यस्तो महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने र कृषकहरूको आयआर्जनमा टेवा पुग्ने बताए। उनले महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धनका साथै फलफूलको बजार विस्तारमा योगदान दिने विश्वास व्यक्त गरे।




.gif)





