images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज...

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओमा ४१.३ गुणा बढी आवेदन परेको छ । आवेदन बन्द हुन एक दिन बाँकी रहँदा सोमबार साँझसम्म कुल १ करोड ९६ लाख ६० हजार ५३० कित्ता माग भएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ ।

    images
    images

    कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता आवेदन खुलाएको हो । कम्पनीको एफपीओ भर्नका लागि आज मंगलबार अन्तिम दिन रहेको छ । अंकित मूल्य १ सय रुपैयाँकै दरले कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीले इक्रा नेपालबाट बीबी माइनस प्राप्त गरेको छ । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९‍.६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ ।गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ । बजारमा सूचीकृत रहेको यस कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता १४६६ रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend