images

२०८३ आश्विन १६ गते

images
images
images

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवाको तयारी

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवाको तयारी

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • नेपालगञ्ज (बाँके) यहाँस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर सँग अस्पतालले सम्झौता गरे सँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो ।

    images
    images

    सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदी बीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सो अवसरमा मन्त्री पौडेलले सबै सङ्घीय अस्पतालमा मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिए। “अब भेरी अस्पतालमा पनि सेवा सुरु गर्नेगरी सम्झौता भएको छ । सातै प्रदेशमा यो सेवा विस्तार गर्दै सर्वसुलभ, सहज र पहुँच योग्य बनाइनेछ”, उनले भने ।

    images
    images

    अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले भेरी अस्पतालमा मिर्गौला सेवा सञ्चालनका लागि केन्द्रले आवश्यक जनशक्ति, प्रविधि र प्राविधिक लगायत सहयोग गर्ने बताए। आगामी एक महिना भित्र सेवा दिने तयारी भइरहेकाले यहाँका स्थानीय मिर्गौला प्रत्यारोपण गर्न बाहिरी जिल्ला, भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।

    “मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरू छन्”, ती कानुनी प्रक्रिया अस्पतालले पूरापछि सेवा विस्तार, जनशक्ति व्यवस्थापन लगायत काम गर्न एक महिना लाग्न सक्छ”, श्रेष्ठले भने । उनले मिर्गौला प्रत्यारोपण सेवालाई सर्वसुलभ गराउने गरी केन्द्र अगाडि बढेको उल्लेख गरे ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्दै लैजाने क्रममा मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्न लागिएको बताए। उनले अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने कानुनी जटिलता यथाशीघ्र समाधान भएर सेवा सञ्चालन गरिने विश्वास दिलाए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend