images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • महालक्ष्मी विकास बैंकले लाभांश प्रस्ताव पारित...

महालक्ष्मी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न डाक्यो वार्षिक साधारण सभा

महालक्ष्मी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न डाक्यो वार्षिक साधारण सभा

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं ।महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा एलिस रिसेप्सन सुवर्ण सम्शेर मार्ग ग्रह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुने जनाइएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधरण सभा बस्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

    images
    images

    बैंकले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend