images

२०८३ आश्विन २५ गते

images
images
images

एडिडासको एक्सचेन्ज अफर सार्वजनिक

एडिडासको एक्सचेन्ज अफर सार्वजनिक

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । रुट्स फेसन नेपालका लागि एडिडासको आधिकारिक बिक्रेताले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।यस अफर अन्तर्गत जुनसुकै ब्राण्डको पुरानो जुत्ता ल्याएर छुट अफरमा सहभागी बन्न सकिनेछ।

    images
    images

    जस अन्तर्गत १२ हजार ९९० रूपैयाँसम्मका जुत्तामा ३ हजार छुट, १२ हजार ९९० रूपैयाँदेखि २२ हजार ९९० रूपैयाँसम्म पर्ने जुत्तामा ४ हजार ५ सय छुट र २२ हजार ९९० रूपैयाँभन्दा माथिको जुत्तामा ७ हजार ५ सय छुट पाइने कम्पनीको भनाइ छ।

    यो योजना राजधानीमा रहेको एडिडासको आधिकारिक सोरुममा लागु हुने रुट्स फेसनले जनाएको छ।यस पटक कम्पनीले तीन वटा सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको छ।तीन वटा सामाजिक संस्थासँग सहकार्य गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वर्ल्ड सुज एक्सचेन्ज (पुरानो जुत्ता दिएर नयाँ जुत्तामा छुटको अफर) दिने भएको हो।

    images
    images

    यसरी संकलन भएको पुरानो जुत्ता तथा नगद ती तीन वटा सामाजिक संस्थालाई प्रदान गर्ने पनि संस्थाले जनाएको छ।यो योजना डिसेम्बर २५ देखि २०२५ जनवरी २४ सम्म सञ्चालन हुने कम्पनीको भनाइ छ। रुट्स फेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै अघि बढ्दै गइरहेको छ। 

    सिएनएन हिरो अनुराधा कोइराला, अल्ट्रा धावक हरिबहादुर रोकायाले सञ्चालन गरेको अभियानमा समेत हातेमालो गर्दै आएको छ।कम्पनीले दरवारमार्ग, जावलाखेल, न्युरोड, सिभिल मल, सिटी सेन्टर एडिडासको आउललेट सञ्चालन गर्दै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend