images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • लुम्बिनी विकास बैंकले बोलायो वार्षिक साधारण...

लुम्बिनी विकास बैंकले बोलायो वार्षिक साधारण सभा

लुम्बिनी विकास बैंकले बोलायो वार्षिक साधारण सभा

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले पुस २९ गते, सोमबार, १७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।

    images
    images

    सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    images
    images

    बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend