काठमाडौंः पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।
साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने मन्त्रिपरिषद्को बैठकले गरेको शेयर बजार सम्बन्धी पहिलो निर्णय गरेको हो ।
त्यसैगरी, धितोपत्र बजार सन्चालनको लागि अनुमितपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थमन्त्रालय पठाउने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।




.gif)





