images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • लक्ष्मी सनराइज बैंक र आईएफसीबीच नेपालमा...

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं। लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको  साझेदारीमा 'एम्पावर फाइनान्स एलायन्स' अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यस प्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु चाल्नेछ। अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउनेछ।

    images
    images

    पति-पत्नि, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरुमाथि नियन्त्रण जमाउदैँ हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो। यसमा परिवारका सदस्यहरुको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरुको दुरूपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरुको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरु बाट आफ्नो लागि नभई अरुका लागि ॠण लिन बाध्य बनाइनु जस्ता कृयाकलापहरु पर्दछन्। यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिंग तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ।

    "वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पुर्‍याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउँछ। यस साझेदारी मार्फत हामी वित्तीय दुरुपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न चाहन्छौँ," आईएफसीका बङ्गलादेश, भुटान, र नेपालको देशीय प्रबन्धक मार्टिन होल्टमानले भने।

    images
    images

    'एम्पावर फाइनान्स एलायन्स' मार्फत आईएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्गनिर्देशन दिनेछ । यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्‍याउनेछ।"यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्ने तर्फ एक महत्वपूर्ण कदम हो," लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले भने। "आईएफसीसँगको सहकार्यमा हामी वित्तीय सेवाहरूमा सुरक्षा र समावेशीतालाई पुनःपरिभाषित गर्दै नयाँ मापदण्डहरू स्थापना गर्ने र संवेदनशील समूहहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौँ।"

    गत अगस्ट महिनामा आईएफसीद्वारा अष्ट्रेलिया सरकारको समर्थनमा सुरु गरिएको 'एम्पावर फाइनान्स एलायन्स' मा नेपाल, पपुआ न्यु गिनी, श्रीलंका, भानुआतु र भियतनामका नौ वित्तीय संस्थाहरू समावेश छन्, जसले सामूहिक रूपमा ३ करोडभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दछन्। हरेक बैंकसँग सहकार्य गर्दै यस एलायन्सले वित्तीय दुरुपयोगको जोखिम घटाउन सुरक्षित बैंकिङ सेवाहरूको मूल्याङ्कन, डिजाइन, र विकास गर्न मार्गनिर्देशन प्रदान गर्दछ।यो सहकार्यले लक्ष्मी सनराइज बैंक र आईएफसीको समावेशीतालाई प्राथमिकता दिँदै सुरक्षित र न्यायसंगत वित्तीय प्रणाली सिर्जना गर्ने साझा दृष्टिकोणलाई पुष्टि गर्दछ। 'एम्पावर फाइनान्स एलायन्स' कार्यक्रम वित्तीय दुरुपयोग समाधान गर्न र उपेक्षित समुदायहरुको समर्थन गर्न बैंकिङ क्षेत्रका लागि नयाँ र उदाहरणीय पहल हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend