images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा समीदकुमार कतिला...

नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ

नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौँ । नेपाल फिजियोथेरापी सङ्घ(नेप्टा)को अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । सङ्घको ११औँ महाधिवेशनबाट उहाको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो ।कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली चयन  भएका छन्। यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित हुनुभएको छ ।

    images
    images

    कार्यसमिति सदस्यहरूमा सौगात श्रेष्ठ, उज्ज्वल डोटेल, तेञ्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशङ्कर शाह, महिला सदस्यमा सृजना लुइँटेल, जनजातिमा कौशल दास, मधेसीमा नवीनकुमार जैसवाल चयन भएका हुन्।

    राष्ट्रिय परिषद् सदस्यमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल चयन भएको निर्वाचन समितिले जनाएको छ । देशभर तीन हजार फिजियोथेरापिस्ट रहेकामा सङ्घमा करिब ११ सय सदस्य आबद्ध रहेका जनाइएको छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend