images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • गरिमा समृद्धि योजनाका इकाईहरूमा आज देखि...

गरिमा समृद्धि योजनाका इकाईहरूमा आज देखि आवेदन दिन सकिने

गरिमा समृद्धि योजनाका इकाईहरूमा आज देखि आवेदन दिन सकिने

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’का इकाइहरु आज पुस ७ गतेबाट बिक्री खुला गरिएको छ।

    images
    images

    कोष प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटल रहेका यस योजनाका १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासन गरेको हो। जसअनुसार १० करोड इकाइ बिक्री खुला गरिनेछ।

    कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाइ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधरणले खरिद आवेदन दिन सक्नेछन्।

    images
    images

    लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

    यस योजनाका इकाइ खरिदका लागि आवेदन दिने म्याद छिटोमा पुस ११ गतेसम्म तोकिएको छ। यो अवधिसम्म पर्याप्त आवेदन नपरेको खण्डमा पुस २१ गतेसम्म आवेदन दिने म्याद थप हुन सक्छ।यो १० वर्षे बन्दमुखी योजना हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend