images

२०८३ कार्तिक २ गते

images
images
images

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    images
    images

    बैंक सञ्चालकस मितिको पुस ५ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आह्वान गरेको हो। सभा काठमाडौंको बालुवाटरस्थित आम्रपाली ब्याङक्वेटमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ३.८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१९ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरणपछि बैंकको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

    images
    images

    अन्य बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिले प्रदान गरिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरिनेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरिनेछ।लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend