images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • लिबर्टी इनर्जीको हकप्रद शेयरमा आवेदन दिने...

लिबर्टी इनर्जीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

लिबर्टी इनर्जीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ।कम्पनीले गत आज मंसिर १६ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। यो शेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

    images
    images

    कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

    लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय तथा लमजुङको बेसीसहरस्थित प्रभु बैंकको शाखा, भोटेओडारस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा र दोर्दीस्थित ग्लोबल आइएमई बैंकको शाखामा गएर आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट पनि हकप्रद भर्न सकिनेछ।

    images
    images

    कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनार्थ गत कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद भर्न पाउँछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend