images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • बर्खामा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली...

बर्खामा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात, हिउँद लागेसँगै आयात शुरु

बर्खामा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात, हिउँद लागेसँगै आयात शुरु

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौं – चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारतलाई बेचेको छ । साउन, भदौ, असोज, कात्तिक र मंसीरमा देश भित्र खपत गरी बाँकी भएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारतलाई बिक्री गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पाँच महीनामा भारत निर्यात गरेको विद्युत्को औसत दर प्रति युनिट सात रुपैयाँ ३९ पैसा छ ।

    images
    images

    विजुली निर्यातबाट आठ अर्ब १५ करोड भारु आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राधिकरणले प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

    प्राधिकरणले यस वर्ष झन्डै ३० अर्ब रुपैयाँकोे बिद्युत बिक्री गर्ने लक्ष्य लिएकोमा असोज दोस्रो हप्ताको बाढीले विभिन्न आयोजना र प्रशारण लाइनमा क्षती पुग्दा लक्ष्य नभेटिएको बताएको छ । हिउँद लागे सँगै बिजुलीको निर्यात रोकेर आयात शुरु भएको छ ।

    images
    images

    नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन कमी भई आयात गर्नुपरेको हो । अहिले भारतबाट छ सय मेगावाट बिजुली आयात भइरहेको कार्याकारी निर्देशक घिसिङले बताउनु भयो । अहिले भारतले बढी माग हुने समयमा बिजुली नदिंदा लोडसेडिङ भइरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend