images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • मुगुमा सार्वजनिक निजी साझेदारी ढाँचामा जलविद्युत...

मुगुमा सार्वजनिक निजी साझेदारी ढाँचामा जलविद्युत आयोजना निमार्ण प्रस्ताव पेस गर्ने म्याद १५ दिन थप

मुगुमा सार्वजनिक निजी साझेदारी ढाँचामा जलविद्युत आयोजना निमार्ण प्रस्ताव पेस गर्ने म्याद १५ दिन थप

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौंः विद्युत उत्पादन कम्पनी लिमिटेडले मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना र किमाथांका अरुण जलविद्युत आयोजना निमार्णका लागि माग गरेको वित्तीय लगानी प्रस्ताव पेस गर्ने म्याद १५ दिन थप गरेको छ।कम्पनीले शनिबार एक सूचना जारी गर्दै पुस २३ गते सम्मका लागि म्याद थप गरेको र सोही दिन २ बजे आशयपत्र खोलीने जनाएको छ।

    images
    images

    कम्पनीले गत मंसिर २३ गते किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा  निमार्णका लागि लगानी जुटाउन वित्तीय लगानी प्रस्ताव आह्वान गरेको थियो । यी २ आयोजनाको विद्युत उत्पादन कुल क्षमता २३ सय ५६ मेगावाट रहेको छ । आयोजना निमार्णका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    किमाथांका अरुण अर्ध जलासय आयोजनाको विद्युत उत्पादन क्षमता ४ सय ५४ मेगावट रहेको छ । यो आयोजना निमार्णका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता १९ सय २ मेगावाट रहेको छ। यो आयोजना निमार्णका लागि ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यी २ आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    images
    images

    विद्युत उत्पादन कम्पनीले यी २ आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा बनाउन वित्तीय लगानी प्रस्ताव आह्वान गरेको हो ।  कम्पनीका अनुसार स्वपुँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदारी खोजिएको हो । आयोजना बनाउन स्वदेशी लगानीकर्ता, नेपाली नागरिक मात्र प्रवद्र्धक रहेको कम्पनी र संगठित संस्थालाई आशयपत्र पेस गर्न विद्युत उत्पादन कम्पनीले आग्रह गरेको छ । 

    आयोजनाको स्वपुँजी र ऋण लगानी अनुपात २५ः७५ प्रतिशत हुनुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावकले ५१ प्रतिशत सेयर लगानीको प्रस्ताव गर्नुपर्ने छ । किमाथांका जलविद्युतका लागि न्यूनतम् कबोल मूल्य ९० करोड ८१ लाख ९ हजार ३ सय २ रुपैयाँ तोकिएको छ । यस्तै मुगु कर्णालीलाई ४८ करोड ७२ लाख ४३ हजार ४ सय २३ रुपैयाँ तोकिएको उत्पादन कम्पनीले जनाएको छ ।

    आशयपत्र पेश गर्दा नेपाली नागरिक मात्र प्रबर्धक रहेको कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था भए स्थायी लेखा नम्बर, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, अख्तियार प्रत्यायोजन पत्र र स्वः घोषणा पत्रका प्रत्येक पानामा आफैंले दस्तखत गरी कागजातमा सक्कल बमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरी प्रतिलिपि पेश गर्नुपर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend