images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • साताभरि ३ प्रतिशत भन्दा बढी घटेर...

साताभरि ३ प्रतिशत भन्दा बढी घटेर बन्द नेप्से

साताभरि ३ प्रतिशत भन्दा बढी घटेर बन्द नेप्से

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौँ । गत साता २६८२.२९ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.१९ प्रतिशत अर्थात् ८५.४७ अंक घटेर २५९६.८२ विन्दुमा झरेको छ।

    images
    images

    यस साता नेप्से परिसूचक ३ प्रतिशत भन्दा बढी घटेर बन्द भएको हो यस साता चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन नेप्से बढेको छ। यस साताको मंगलबारका दिन नेप्से झिनो अंकले बढेको थियो।

    यस साता सेन्सेटिभ इण्डेक्स १२.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०१ अंक घटेको छ। नेप्से सँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ९ करोडको शेयर किनबेच भएको छ।

    images
    images

    यस साता नेप्सेको कुल बजार पुँजीकरण ३.१९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ४१ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७ अर्बमा कायम भएको छ ।

    यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५।१७ प्रतिशत घटेको छ। गत साता ४९३०।०८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५४.८० अंक घटेर ४६७५.२८ विन्दुमा झरेको छ।

    यस साता सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २७.१५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब साढे १३ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब साढे १२ प्रतिशत बढेको छ।

    अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै घटेको छ। गत साता १२९३६.४२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२९.९४ अंक घटेर १२५०६.४८ विन्दुमा झरेको छ।

    यस साता २ कम्पनीको ४५ लाख २४ हजार ८२६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend