काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेँडा ठुलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज ७० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ५५, आलु सेतोको ५०, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मूल्य ५०, काउली स्थानीयको ७० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, राजमा घिउ सिमी १४० रुपैयाँ, लौका ९०, तितो करेला ११० रुपैयाँ, लोकल परवर ८० रुपैयाँ कायम भएको छ । भिण्डी १५० रुपैयाँ, सखरखण्ड ८० रुपैयाँ, बरेला ७० रुपैयाँ,पिंडालू ७० रुपैयाँ र स्कूसको मूल्य २५ कायम भएको छ । रायो सागको मूल्य २० रुपैयाँ छ । तोरीको साग ४०, पालूंगो साग ७० र चमसुरको साग ५० रुपैयाँ रहेको छ ।





.gif)





