images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • उद्योगको लाइन काट्ने विषय समस्याको समाधान...

उद्योगको लाइन काट्ने विषय समस्याको समाधान नभएकोः ऊर्जामन्त्री दीपक खड्का

उद्योगको लाइन काट्ने विषय समस्याको समाधान नभएकोः ऊर्जामन्त्री दीपक खड्का

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने विषय समस्याको समाधान नभएको बताए।

    images
    images

    आज औद्योगिक व्यापार मेला बुटवलः २०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन्। सरकारले जुनसुकै बाटो अपनाएर पनि महशुल उठाउन सक्ने भन्दै लाइन काटेर जाने विषय समस्याको समाधान नभएको जानकारी दिएका छन्।

    ‘लाइन काट्ने कुरा समस्याको समाधान होइन। यदि महशुल उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ,’ मन्त्री खड्काले बताएका छन ।

    images
    images

    ‘व्यवसायीहरूको पनि इमानदारिताको आवश्यकता छ। १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ,’ उनले भने, ‘उपभोग गरेको कुरा तिर्नुपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो ।’ मन्त्री खड्काले बताएका छन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend