images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • नेप्से ५.६ अंकले घट्यो,४ अर्ब ३४...

नेप्से ५.६ अंकले घट्यो,४ अर्ब ३४ करोड रुपैयाँको कारोबार

नेप्से ५.६ अंकले घट्यो,४ अर्ब ३४ करोड रुपैयाँको कारोबार

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.६ अंकले घटेर दुई हजार ६२८.२६ बिन्दुमा बजार बन्द भएको छ ।यसदिन सेन्सेटिभ इन्डेक्स १.५३, फ्लट इन्डेक्स ०.३९ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.४२ अंकले घटेको छ भने १३ उपसमूहमध्ये विकास बैंक, लघुवित्त र व्यापारबाहेक सबै उपसमूहको शेयर घटेको छ ।

    images
    images

    आज कारोबारमा आएका २४४ मध्ये १४९ कम्पनीको शेयरमूल्य घट्दा ८१ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । बाँकी १२ कम्पनको शेयर स्थिर छ ।घटेको बजारमा उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा भने सर्किट लागेको छ भने कुथेली बुखेली हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९० प्रतिशतले गुमाएका छन् ।

    कारोबार रकम निरन्तर घट्दो छ । बुधबार ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर खरिदबिक्री भएकोमा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend