images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • कुलमान – प्राविधिक कारणले उद्योगमा विद्युत्...

कुलमान – प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन

कुलमान – प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत् कटौती गर्नुपरेको बताएका छन्।

    images
    images

    कार्यकारी निर्देशक घिसिङले केही प्रसारणलाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगन्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताएका हुन्। 

    उनले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएकोले उद्योगहरुमा विद्युत कटौती गर्नुपरेको उल्लेख गरे। धेरै विद्युत खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत आयात गर्न नदिएको उनको भनाइ छ। 

    images
    images

    उनले ४५६ मेगावट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पु¥याउँदा विद्युत आपूर्तिमा समस्या भइरहेको बताए। अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५÷६ महिना लाग्नेछ। अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उनको दाबी छ। 

    उद्योगहरुमा भइहरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उनले बताए। पिक समयमा भने उद्योगहरुमा विद्युत कटौती नगरी सुख्खयाममा नागरिकलाई विद्युत आपूर्ति गर्न नसकिने उल्लेख गरे।यो हिउँदमा लोडसेडिङ नहुने पनि उनको भनाइ छ। लोडसेडिङ हुने चरणमा नरहेको घिसिङले स्पष्ट पारे। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend