images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • जुम्लाको बड्कीमा पक्की स्वास्थ्य चौकी भवन...

जुम्लाको बड्कीमा पक्की स्वास्थ्य चौकी भवन निर्माण

जुम्लाको बड्कीमा पक्की स्वास्थ्य चौकी भवन निर्माण

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • जुम्ला । हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण गरिएको छ। स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।

    images
    images

    गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक विनियोजित कार्यक्रम अनुसार बड्की स्वास्थ्य चौकीमा रु ३८ लाख लगानीमा पक्की भवन निर्माण गरिएको हो। पुरानो साँघुरो भवनबाट बर्थिङ सेन्टर, सामान्य जाँचदेखि अन्य सेवा दिइरहेको स्वास्थ्य चौकीलाई पूर्वाधार अभावले सेवा प्रवाहमा कठिनाइ भएको थियो।

    गाउँपालिका अध्यक्ष शाहीले भने, “भौगोलिक रुपमा विकट र सदरमुकामभन्दा टाढा रहेका हिमाका थुप्रै बस्ती स्वास्थ्य चौकीबाटै विभिन्न स्वास्थ्य सेवा लिइरहेका छन्। “आर्थिक रुपमा विपन्न नागरिकका लागि स्वास्थ्य चौकी ठूलो अस्पताल हो। दैनिक धेरैले सेवा लिन्छन्, तर पूर्वाधार अभावले साँघुरो संचरनाबाट सेवा दिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेका छौं, पालिका भित्रका सबै,स्वास्थ्य संस्थालाई पूर्वाधार र उपकरणमा सम्पन्न बनाउने पालिकाको लक्ष्य रहेको छ”, उनले भने, “गत आवको विनियोजित रु ३८ लाख बजेटबाट बोलपत्र आह्वान भई भवन निर्माण भएको छ।”

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend