images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • बोटलर्स नेपाल लिमिटेडको शेयर कारोबार रोक्का,...

बोटलर्स नेपाल लिमिटेडको शेयर कारोबार रोक्का, व्यवस्था उल्लङ्घन गरेपछि नेप्सेले सोध्यो स्पष्टीकरण

बोटलर्स नेपाल लिमिटेडको शेयर कारोबार रोक्का, व्यवस्था उल्लङ्घन गरेपछि नेप्सेले सोध्यो स्पष्टीकरण

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१

  • काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले बोटलर्स नेपाल लिमिटेड (बालाजु)लाई स्पष्टीकरण सोधेको छ।

    images
    images

    धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिना सम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको हो। धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था उल्लङ्घन गरेपछि बोटलर्स नेपालको शेयर कारोबार पनि रोक्का गरिएको छ।

    नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीका अनुसार कम्पनीको धितोपत्रको कारोबार स्थगित गरिएको छ भने सञ्चालक समितिको निर्णय के कति कारणले समयमा जानकारी नदिएको हो भनेर तीन दिन भित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।

    images
    images

    “मङ्सिर ५ गते बुधबार सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०।८१ को लाभांश नदिने सम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा २०८१ पुस २ गते प्राप्त भयो”, बोटलर्स नेपाललाई नेप्सेले सोधेको स्पष्टीकरणमा भनिएको छ।

    धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भनी व्यवस्था रहेको छ। उक्त विनियममा भएको व्यवस्था बोटलर्स नेपालले कार्यान्वयन नगरेको नेप्सेले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend