images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • जाडोमा छालाको स्याहार कसरी गर्ने? घरेलु...

जाडोमा छालाको स्याहार कसरी गर्ने? घरेलु तरिका कत्तिको प्रभावकारी हुन्छ?

जाडोमा छालाको स्याहार कसरी गर्ने? घरेलु तरिका कत्तिको प्रभावकारी हुन्छ?

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । छाला सुख्खा, फुस्रो हुने, हावा र चिसोको एलर्जी हुने, फुट्ने लगायत विभिन्न छालासम्बन्धी समस्या जाडोमा धेरै हुन्छ। त्यसैले छालालाई ठन्डीमा बढी स्याहार चाहिन्छ। राम्ररी ख्याल राख्ने हो भने चिसोमा छालालाई नरम र मुलायम राख्न सकिन्छ।

    images
    images

    जाडोमा छाला फुस्रो हुनुको मुख्य कारण वातावरण हो। जाडोमा आर्द्रता कम हुनाले हावा सुख्खा हुन्छ। सुख्खा हावाले हाम्रो छालाभित्रको ‘मोइस्चर’ सोस्छ र फुस्रो बनाइदिन्छ। त्यसैले मोइस्चराइजर लगाउनु पर्छ।त्यस्तै जाडोमा धेरै तातो पानीले नुहाइन्छ पनि। तर डा। क्याल तातो पानी प्रयोग कम गर्न सल्लाह दिन्छिन्। लामो समय तातो पानी प्रयोगले छाला अझै सुख्खा हुन्छ।सकेसम्म हलुका मन तातो पानी प्रयोग गर्ने र दुई-तीन मिनेटभित्र नुहाइसक्दा राम्रो हुन्छ,उनले भनिन्।

    हामीले गर्ने अर्को गल्ती औल्याउँदै उनले भनिन्, नुहाइसकेपछि शरीरको पानी पुछ्न तौलिया छपछप मात्र गर्नुपर्छ। घोटेर पुछ्नु हुँदैन। अनि लगत्तै मोइस्चराइजर लगाउने बानी बसाल्नुपर्छ।मुख धुँदा साबुन र फेसवासको सट्टा क्लिन्जिङ ओयल’, ‘क्लिन्जिङ जेल’ वा ‘क्लिन्जिङ मिल्क’ प्रयोग गर्न उनी सुझाउँछिन्।

    images
    images

    जाडोमा कस्तो क्रिम प्रयोग गर्नेरु क्रिम र लोसनमा के फरक छ?

    जाडोमा छाला बढी सुख्खा हुने भन्दै धेरैले ुलोसनु प्रयोग गर्छन्। धेरैलाई क्रिम र लोसनको भिन्नता पनि थाहा नभएको डा। क्यालको अनुमान छ। क्रिम र लोसन दुवै मोइस्चराइजर हुन्। तर जाडोमा सुख्खा छालाको लागि क्रिम बढी प्रभावकारी हुने उनी बताउँछिन्। ‘सामान्यतया क्रिम बाक्लो हुन्छ। यो तेल, पानी र विभिन्न आवश्यक तत्व मिलेर बनाइएको हुन्छ भने लोसन दूधजस्तै तरल हुन्छ। क्रिमको तुलनामा यसमा तेलको मात्रा कम हुन्छ,’ उनले भनिन्। 

    क्रिम तेल र अन्य पदार्थको मिश्रण हो जसले छालालाई प्राकृतिक अवस्थामा पुनस्स्थापन गर्न मद्दत गर्छ। लोसन भने छालालाई ‘हाइड्रेट’ गर्न प्रयोग गरिन्छ र ‍यसमा तेलको मात्रा कम हुन्छ। डा। क्यालका अनुसार शी बटर, कोका बटर, हेलिरोनिक एसिड, ग्लिसिरिन लगायत तत्व भएको मोइस्चराइजर लाउनुपर्छ।‘जाडोमा मोइस्चराइजर मात्र लगाएर भने हुँदैन। सनस्क्रिन पनि प्रयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘धेरै एसपिएफ भएको राम्रो हुन्छ।’एसपिएफ अर्थात् ‘सन प्रोटेक्सन फ्याक्टर’। यसले छालालाई घामबाट कति मात्रामा जोगाउँछ भन्ने बुझाउँछ। 

    जाडोमा छालालाई भित्रैबाट स्याहार चाहिने हुँदा बाक्लो किसिमको क्रिम लगाउनु पर्छ। गर्मीका लागि भने लोसन उपयुक्त हुने उनी बताउँछिन्। आफ्नो छालाको प्रकारअनुसार मोइस्चराइजर लाउँदा थप प्रभावकारी हुन्छ। कसैको प्राकृतिक रूपमा बढी तेल निस्कने छाला छ भने उनीहरूले लोसन मात्र लाउन सक्छन्।छालाको स्याहार गर्न प्रयोग गरिने विभिन्न घरेलु तरिका कत्तिको प्रभावकारी हुन्छ। 

    डा। क्यालका अनुसार छाला स्याहारका लागि विभिन्न घरेलु सामग्री प्रयोग गर्न सकिन्छ। तर हामीमध्ये धेरैले गलत तरिकाले प्रयोग गरिरहेका हुन सक्छौं। ‘गोलभेंडा, आलु, कागती लगायत हात(मुखमा दल्दा छाला सफा हुन्छ भन्ने गलत बुझाइ छ,’ उनले भनिन्, ‘यसमा हुने तत्व छालाका लागि उपयुक्त त हुन्छ, तर यसमा अरू विभिन्न तत्वको सही मात्रा मिलेको हुँदैन। सोझै यी सामग्री छालामा दल्दा उल्टो बिगार्न सक्छ।’ 

    धेरैले छाला फुस्रो भयो भन्दै तेल पनि लगाउँछन्। डा। उमाका अनुसार छालामा तेल दल्ने हो भने शुद्ध नरिवलको तेल ९नरिवलको पानीबाट बनेको० बढी प्रभावकारी हुन्छ। अनुहार र शरीरको छालामा अलगअलग क्रिमको प्रयोग गर्नु उचित हुन्छ। उनले भनिन्, ‘टाउको, अनुहार, हात, खुट्टा र शरीरका विभिन्न ठाउँको छालालाई भिन्नै तरिकाले स्याहार चाहिन्छ। त्यहीअनुसार बजारमा विभिन्न क्रिम पाइन्छन्।’तातो पानीको बाफ लियो भने अनुहार सफा हुन्छ पनि भनिन्छ। यसमा पनि उनको सल्लाह छ, ‘जाडोमा हप्ताको एकपटक मात्र बाफ लियो भने छालालाई राम्रो हुन्छ। छोटो अवधिमा धेरै पटक गरिराख्दा भने छाला झन् सुख्खा हुने र छाला बिगार्ने सम्भावना हुन्छ।’ 

    त्यस्तै, अनुहार ुस्क्रबिङु गर्दा कति समयमा गर्ने भन्ने छालाको प्रकारअनुसार ध्यान पुर्‍याउनुपर्छ। स्क्रबिङका लागि बजारमा विभिन्न उत्पादन पाइन्छन्। आफ्नो छालालाई उपयुक्त क्रिम रोज्न छाला विशेषज्ञसँग सल्लाह लिनु राम्रो हुने डा। क्यालको भनाइ छ।

    जाडोमा छालामा देखिने समस्या के-के हुन्रु

    जाडोमा निकै संवेदनशील छालामा धेरै समस्या आउन सक्छ।

    यीमध्ये एक हो कत्ले रोग। यसमा छाला फुस्रो हुने त्यसमा घाउजस्तो देखिने हुन्छ। यो समस्या भएकाले चिसो मौसम सुरू हुनुअघि नै नरिवलको तेल वा बाक्लो मोइस्चराइजर लगाउनु पर्छ।

    अर्को समस्या छालामा रातो दाग देखिनु हो। यो निकै चिलाउँछ पनि। यस्तो समस्या भएकाले साबुनको साटो क्लिन्जिङ जेलले मुख धुनुपर्छ।

    चिसोमा कपालमा निकै चाया आउनेले विशेषगरी नरिवलको तेल, एन्टी ड्यान्ड्रफ स्याम्पु प्रयोग गर्नुपर्छ। 

    त्यस्तै जाडोमा हात(खुट्टाका औंला रातो हुने, सुन्निने, दुख्ने समस्या पनि हुन्छ। डा। क्यालका अनुसार हात(खुट्टासम्म पुग्ने रक्तनली सानो हुने र चिसोमा अझै खुम्चिने भएकाले यो सामान्य हो।

    उनले भनिन्, ‘यसको समाधान हात-खुट्टा न्यानो पार्नु नै हो।’ 

    न्यानो हुन हिटर प्रयोग गर्नु छालाका लागि कति उचित?

    ‘अत्यधिक हिटर प्रयोगले वरिपरिको हावा अझ सुख्खा बनाइदिन्छ। त्यसैले आधादेखि एक घण्टा मात्र हिटर ताप्ने बानी बसाल्नु स्वास्थ्य र छालाको लागि राम्रो हुन्छ,’ उनले भनिन्।

    त्यस्तै न्यानो हुन सिधै ऊनीको लुगा नलगाउन उनी सुझाउँछिन्। यसले छालालाई असर पार्न सक्छ। भित्र कटनको कपडा लगाएर मात्र ऊनीको स्विटर, मोजा वा पन्जा लगाउनुपर्छ। यसले छालालाई थप सुख्खा हुनबाट बचाउँछ।

    जाडोमा मेकअप गर्दा ध्यान दिनुपर्ने कुरा के-के हुन्रु

    जाडोमा मेकअप लगाउँदा छाला बिगारिहाल्छ भन्ने हुँदैन। मेकअप लगाउनुअघि राम्रोसँग मोइस्चराइजर लगाउनुपर्छ। मेकअप राम्रोसँग पुछेर मात्र सुत्नुपर्छ। साबुन र फेसवासभन्दा क्लिन्जिङ क्रिम वा क्लिन्जिङ मिल्कको प्रयोग राम्रो हुने डा। क्याल बताउँछिन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend