images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • पुस २४ गते ईङ्वा हाइड्रोपावरको वार्षिक...

पुस २४ गते ईङ्वा हाइड्रोपावरको वार्षिक साधारण सभा आह्वान

पुस २४ गते ईङ्वा हाइड्रोपावरको वार्षिक साधारण सभा आह्वान

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं । ईङ्वा हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। 

    images
    images

    सभा काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनीले विकास, निर्माण तथा सञ्चालन गरिरहेको आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट लिइएको तथा लिन आवश्यक कर्जा कम्पनी ऐनअनुरुप तोकिएको सीमाभन्दा बढी रहेको कर्जा सभाले अनुमोदन गर्नेछ। 

    अन्य आयोजनाहरू विकास गर्नका लागि थप कर्जा आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले नियमनकारी निकायहरूबाट कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन भएमा सञ्चालक समितिलाई सो कार्य गर्न अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

    images
    images

    सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

    सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend