images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • ५१.३७ अंकले घट्यो शेयर बजार, ५...

५१.३७ अंकले घट्यो शेयर बजार, ५ अर्ब ९३ करोडको कारोबार

५१.३७ अंकले घट्यो शेयर बजार, ५ अर्ब ९३ करोडको कारोबार

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । यसदिन ५१.३७ अंकले घटेर दुई हजार ६३०.९१ बिन्दुमा बजार बन्द भएको छ ।

    images
    images

    गत साता ५२.६३ अंकले बजार घटेको थियो । गत साता आइतबार नेप्से परिसूचक ४५.९३, सोमबार १२.८४, मंगलबार ६.३२ र बिहीबार ३३.४२ ले बजार घटेकोमा बुधबार भने  ४५.८८ अंकले बजार बढेको थियो । आइतबार बिदापछि आज खुलेको शेयर बजार ओरालो लागेको हो ।

    यसदिन १३ वटै उपसमूहको शेयर घटेको छ भने कारोबारमा आएका २४४ मध्ये २२७ कम्पनीले घाटा बेहोरेका छन् । बाँकी १५ कम्पनीको मात्रै शेयर बढेकोमा २ को स्थिर छ ।

    images
    images

    आज कारोबार रकम पनि न्युन रहेको छ । सोमबार ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend