images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एनएमबीले ३ अर्बको ‘अविमोच्य असञ्चिति अग्राधिकार...

एनएमबीले ३ अर्बको ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने

एनएमबीले ३ अर्बको ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं । एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबी ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको छ ।

    images
    images

    बैंक सञ्चालक समितिको २८ मंसिरमा ४७९औं बैठकले आर्थिक वर्ष २०८०/८१ को २९औं वार्षिक साधारणसभा २५ पुसमा गर्ने र प्रतिकित्ता १ सयका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

    यो सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सयबाट २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।त्यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भएपछि बैंकको अधिकृत पूँजी  २० अर्बबाट २५ अर्ब पुग्ने छ ।

    images
    images

    ११ पुस एक दिन वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकको सेयर दाखिल खारेज कार्य बन्द गर्ने निर्णय गरेको एनएमबी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश तथा बोनस सेयर नदिने निर्णय पनि गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend