images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • शिवम् सिमेन्ट्सको लाभांश गत वर्षभन्दा घट्यो,...

शिवम् सिमेन्ट्सको लाभांश गत वर्षभन्दा घट्यो, बुक क्लोज कहिले?

शिवम् सिमेन्ट्सको लाभांश गत वर्षभन्दा घट्यो, बुक क्लोज कहिले?

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    images
    images

    मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५ करोड २ लाख ७० हजार रुपैयाँको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत वर्ष १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।

    प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ । राष्ट्रिय सभागृह, भृकुटीमण्डप, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend