images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • लाभांश वितरणको प्रस्ताव सहित सानिमा माई...

लाभांश वितरणको प्रस्ताव सहित सानिमा माई हाइड्रोले डाक्यो साधारणसभा

लाभांश वितरणको प्रस्ताव सहित सानिमा माई हाइड्रोले डाक्यो साधारणसभा

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।

    images
    images

    सभामा चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश हुनेछ।यस्तै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पेश गरिनेछ।

    त्यसैगरी अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

    images
    images

    सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend