images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डले करिब आठ अर्बको...

धितोपत्र बोर्डले करिब आठ अर्बको सेयर निष्कासनका लागि दियो अनुमति

धितोपत्र बोर्डले करिब आठ अर्बको सेयर निष्कासनका लागि दियो अनुमति

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/८२ को चार महिनामा सात अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन अनुमति दिएको छ ।

    images
    images

    बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड गरी कुल ७ अर्ब ८९ करोडको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हो ।समीक्षा अवधिमा तीन अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ६७ करोड बराबरको बोनस सेयर र ४७ लाख बराबरको एफपिओ गरी कुल सात अर्ब ५८ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

    २०८० कात्तिक मसान्तमा एक हजार ८५२.०९ रहेको नेप्से सूचकाङ्क २०८१ कात्तिक मसान्तमा दुई हजार ७४८.७९ कायम भएको छ । चालु आवको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ । २०८० कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रहेको थियो ।

    images
    images

    गत कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २६७ पुगेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend