images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • बैंकबाट संस्थापक सेयर बिक्री गरेर बाहिरिँदा...

बैंकबाट संस्थापक सेयर बिक्री गरेर बाहिरिँदा बिमा कम्पनीहरु बढ्ने क्रम जारी , कुनको कति ?

बैंकबाट संस्थापक सेयर बिक्री गरेर बाहिरिँदा बिमा कम्पनीहरु बढ्ने क्रम जारी , कुनको कति ?

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गरेर बाहिरिँदा बिमा कम्पनीहरु बढ्ने क्रम जारी छ । पछिल्ला वर्षहरुमा प्रतिफल निरन्तर घट्न थालेपछि बैंकका पूराना संस्थापक धमाधम बाहिरिन थालेका छन् ।

    images
    images

    अहिले वाणिज्य बैंकले दिने प्रतिफल औसतमा ८.०४ प्रतिशत छ । प्रतिफल घटेको भन्दै पूराना संस्थापक बाहिरिन थालेका हुन्।

    पूराना संस्थापक बाहिरिन थालेपनि बिमा कम्पनीहरुले भने बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर धमाधम किनिरहेका छन्। जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले गर्ने लगानीमा बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर पनि प्राथमिकतामा परेको हो ।

    images
    images

    जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा १३ अर्ब ४७ करोड ३४ लाख ९७ हजार रुपैयाँ लगानी गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.३९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बिमा कम्पनीले ९ अर्ब ७३ करोड ५८ लाख ५५ हजार रुपैयाँ लगानी गरेका थिए ।

    सञ्चालनमा रहेका १४ बिमा कम्पनीमध्ये ११ वटा कम्पनीले मात्रै १३ अर्ब ४७ करोड ३४ लाख ९७ हजार रुपैयाँ लगानी गरेका हुन्। हिमालयन, सिटिजन्स र मेट लाइफ इन्स्योरेन्सले भने लगानी गरेका छैनन् ।गत आवको सोही अवधिमा ११ कम्पनीले ९ अर्ब ७३ करोड ५८ लाख ५५ हजार रुपैयाँ लगानी गरेका थिए । गत आवमा प्रभु महालक्ष्मी, हिमालयन लाइफ र मेट लाइफले लगानी गरेका थिएनन् । सिटिजन्स लाइफले गरेको ७ करोड ६३ लाख रुपैयाँ फिर्ता गरेको छ ।

    असोज मसान्तसम्म सबैभन्दा बढी संस्थापक सेयरमा नेपाल लाइफको ४ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिको तुलनामा ४८.२४ प्रतिशतले बढी हो । यस्तै एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब २७ करोड ४ लाख रुपैयाँ लगानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले संस्थापक सेयरमा गर्ने लगानी ७२.६३ प्रतिशतले बढेको छ ।राष्ट्रिय बिमा संस्थाले संस्थापक सेयरमा गरेको लगानी बढाएको छैन । ८२ करोड ७२ लाख रुपैयाँ रहेको छ । यस्ते सन नेपाल लाइफले पनि गत आवको पहिलो त्रैमासको तुलनामा लगानी बढाएको छैन । ८६ करोड ६ लाख रुपैयाँ मात्रै छ ।

    यस्तै नेशलन लाइफले संस्थापक सेयरमा गरेको लगानी १३.८० प्रतिशतले बढेर १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बिमा प्राधिकरणका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशनको पनि लगानी बढेको छैन । १ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ रहेको छ ।आइएमई लाइफले संस्थापक सेयरमा हुने लगानी १४७१.१३ प्रतिशतले बढाएर ७ करोड ५१ लाख पुर्याएको छ ।

    रिलायबल नेपाल लाइफले संस्थापक सेयरमा गरेको लगानी ४७९.३८ प्रतिशतले बढेर ४८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । सूर्यज्योती लाइफको लगानी ३.७२ प्रतिशतले बढेर ५५ करोड ४२ लाख, सानिमा रिलायन्स लाइफको १३३२.७३ प्रतिशतले बढाएर १५ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । गत आवको पहिलो त्रैमासमा लगानी नगरेको प्रभु महालक्ष्मीले १९ करोड ५० लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend