images

२०८३ आश्विन १७ गते

images
images
images

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने भनी गरिएको पत्राचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images

    सगरमाथा राष्ट्रिय निकुञ्जले आगामी पुस १७ गतेदेखि हेलिकप्टरको व्यावसायिक उडान र अवतरणमा रोक लगाउन परिपत्र गरेपछि क्यानले आज विज्ञप्ति निकालेर उक्त निर्णयमा आपत्ति जनाएको हो ।

    साथै क्यानले सो क्षेत्रमा हेलिकप्टरको उडानमा रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुञ्जेल सम्म त्यस क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्बाध र नियमितरुपमा व्यावसायिक उडान सञ्चालन गर्नरगराउन पनि सम्पूर्ण हेलिकप्टर कम्पनी लगायत सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

    images
    images

    हवाई उड्डयनको नियमन तथा व्यवस्थापन गर्ने कानुनी जिम्मेवारी गैर सैनिक हवाई उडान ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र सो कानुन अन्तर्गतका नियमावलीमा भएको व्यवस्था बमोजिम क्यानमा निहित रहेको क्यानले स्मरण गराएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली लगायतका कानुनमा कुनै पनि आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार उक्त निकायमा नरहेको हुँदा निकुञ्ज कार्यालयले गरेको सो पत्राचारको कुनै पनि कानुनी आधार र औचित्य नभएको क्यानको जिकिर छ ।

    “निकुञ्ज कार्यालयले प्राधिकरणको नियमन दायरामा रहेका ११ वटा हेलिकप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थानको संरक्षण, ध्वनि प्रदूषण नियन्त्रण र खुम्बु क्षेत्रको व्यापार, व्यवसाय तथा रोजगारी व्यवस्थापन गर्ने भन्दै हेलिकप्टरको उडानमा पूर्णरुपमा रोक लगाउने भनी गरिएको पत्राचार प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend