images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल...

कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सम्झौता

कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सम्झौता

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड बीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता बमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवा अन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

    images
    images

    सम्झौता पत्रमा हस्ताक्षर समारोहमा, कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा रहेको उल्लेख गर्दै, यसले नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने र वैदेशिक लगानीलाई सहज वातावरण निर्माण गर्न योगदान दिने विचार व्यक्त गरे ।

     क्यापिटल सर्भिसेज लिमिटेडका तर्फबाट स् ले नेपाल जस्तो सम्भावनायुक्त बजारमा लगानी गर्न आफूहरू निकै नै उत्साहित रहेको भनाई राख्दै कुमारी क्यापिटल जस्तो स्थापित स्थानीय साझेदारले लगानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गरे ।

    images
    images

    सम्झौताअनुसार, कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानुनी र वित्तीय परामर्श, परियोजनाको मूल्याङ्कन, र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पुर्याउनेछ ।

    कुमारी क्यापिटल लिमिटेडले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ । त्यस्तै भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो । यो आरबीआई द्वारा इजाजतपत्र प्राप्त कम्पनी हो, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ । साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक शेयरहरू, लगायत जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको कुमारी क्यापिटलले जनाएको छ ।

    यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय, र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन केन्द्रित हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुवै कम्पनी बीच भएको यो सम्झौता अन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपाल वैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्ने छ । यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पु-याउने विश्वास लिइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend