images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • ३ अर्ब ६७ करोड बराबरको बोनस...

३ अर्ब ६७ करोड बराबरको बोनस शेयर सूचिकृत

३ अर्ब ६७ करोड बराबरको बोनस शेयर सूचिकृत

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ कात्तिक मसान्तमा सूचीकृत ८ अर्ब ४६ करोड शेयरको चुक्ता मूल्य रु.८३४ अर्ब ७४ करोड रहेको छ । 

    images
    images

    आर्थिक वर्ष २०८१\८२ को चार महिनामा रु.३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब ६७ करोड बराबरको बोनस शेयर र रु.४७ लाख बराबरको एफपीओ गरी कुल रु.७ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

    २०८० कात्तिक मसान्तमा १८५२.०९ रहेको नेप्से सूचकाङ्क २०८१ कात्तिक मसान्तमा २७४८.७९ कायम भएको छ । २०८१ कात्तिक मसान्तमा धितोपत्र बजार पुँंजीकरण रु.४३७६ अर्ब ९० करोड कायम भएको छ । २०८० कात्तिक मसान्तमा बजार पुँजीकरण रु.२८५३ अर्ब १ करोड रहेको थियो ।

    images
    images

    २०८१ कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। 

    २०८० कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २६४ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । 

    त्यसै गरी, जलविद्युत् कम्पनी को हिस्सा १५.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ कात्तिक मसान्तमा सूचीकृत ८ अर्ब ४६ करोड शेयरको चुक्ता मूल्य रु.८३४ अर्ब ७४ करोड रहेको छ । आर्थिक वर्ष २०८१\८२ को चार महिनामा रु.३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब ६७ करोड बराबरको बोनस शेयर र रु.४७ लाख बराबरको एफपीओ गरी कुल रु.७ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

    समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.५ अर्ब ८९ करोड बराबरको हकप्रद शेयर र रु.१ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.७ अर्ब ७९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend