images

२०८३ आश्विन २२ गते

images
images
images

खाना हातले मुछेर खाने बानी छ ? यस्ता छन् फाईदा

खाना हातले मुछेर खाने बानी छ ? यस्ता छन् फाईदा

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । हातले मुछेर खाने खाना पूर्वीय संस्कृतिको हिस्सा मात्र नभएर वैज्ञानिक पनि रहेको छ । हात फोहर भएको अवस्थामा चम्चाको प्रयोगलाई अस्वाभाविक मान्न सकिँदैन । तर हात सफा गरेर खाना खाँदा त्यसबाट प्रत्यक्ष फाइदा पुग्छ । आयुर्वेदका अनुसार खाना पाँच औँलाको सङ्गमबाट बन्ने मुद्राले स्वास्थ्यलाई फाइदा पुग्छ भने पाचन प्रक्रियालाई पनि यसले फाइदा गर्छ ।

    images
    images

    विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ति मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन । आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढी पौष्टिक तथा स्वास्थ्यवर्धक हुन्छ ।

    भोजनहरू खिचडी, दाल र भात, हलुवा, रोटी जस्ता परिकारहरू खानुको असली आनन्द हातबाटै प्राप्त हुन्छ । हातले खाना खाँदा खानेकुरालाई मुछ्ने र हातसम्म पुराउने प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ । यसलाई माइण्डफुट सेटिङ पनि भनिन्छ । त्यसैले हातले खानु भनेको चम्चा वा काँटाले खानुभन्दा बढी लाभप्रद छ ।

    images
    images

    माइण्डफुट इटिङका अन्य केही फाइदा पनि हुन्छन् । ती मध्ये सबैभन्दा महत्वपूर्ण भनेको यस्तो प्रकारको खुवाइले खानामा भएका पोषकतत्वहरु शरीरले सजिलैसँग लिन सक्छ ।साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ । प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ ।

    पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् । हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ ।भोजन ग्रहणका बेला पलेटी कसेर बस्दा सुखासनको मुद्रा बन्दछ ।यसबाट स्वाद ग्रन्थीहरु सक्रिय हुने र भोजन सही ढंगले पेट सम्म पुग्ने र राम्रोसँग उपापचयन हुन्छ ।

    जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ भन्ने थाहा हुँदैन तर तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ ।यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ । पाचन रस सही ढंगले उत्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्दछ र पोषक तत्वपनि शरीरले राम्रोसँग ग्रहण गर्दछ ।

    त्यसबाहेक अन्य फाइदा पनि छन् –

    आयुर्वेदका अनुसार हातको प्रत्येक औँलामा पाँच तत्त्व रहेको हुन्छ ।  बुढी औला अन्तरिक्ष सम्बन्धी, चोर औँला हावा सम्बन्धी, माझी औँला आगो सम्बन्धी, साइली औँला पानी र कान्छी औँला पृथ्वीसँग सम्बन्धित छन् ।

    जब तपाई हातले भोजन गर्नुहुन्छ त्यतिवेला यी सबै तत्त्व सक्रिय हुन्छन् । र यसले खानालाई सन्तुलित राख्न र स्वस्थ राख्न सहयोग गर्छ ।काटा र चम्चाको उपयोगले सजिलै र छिटै खान सकिन्छ होला तर यो शरीरमा रक्त प्रवाह असन्तुलित बनाउन पनि सक्छ । अन्तमा तपाईँलाई मधुमेहको जोखिममा पुर्‍याउन पनि सक्छ ।

    यूरोपीय सोसाइटी अफ एन्डोक्रिनोलोजीद्वारा प्रकाशित एक अध्ययन का अनुसार जो मानिस भोजन चाँडो चाँडो खान्छन् उनीहरूलाई दोस्रो प्रकारको मधुमेह को जोखिम रहन्छ ।

    चम्चाले खाँदा चाँडो चाँडो खाइन्छ भने हातले खाँदा केही बढी समय लाग्छ । हालते मजाले मुछेर स्वाद लिएर खाने भएका कारण पनि मधुमेहको जोखिम कम हुन जान्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend