images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले...

प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले ९८ करोडको आइपीओ निष्कासन गर्ने

प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले ९८ करोडको आइपीओ निष्कासन गर्ने

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं ।प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले ९८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।

    images
    images

    जसका लागि कम्पनीले कुमारी क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा प्रभु एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरे ।

    कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले ९८ करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५ करोड रहेको छ भने जारी पुँजी २ अर्ब छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पुँजी छ र आइपीओबाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्नेछ । यो कम्पनी गत २ वर्षदेखि सञ्चालन मुनाफामा रहेको छ । 

    images
    images

    यस कम्पनीमा प्रभु केबलकार एन्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस् एन्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दछ । यस कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो ।दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend