images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्‍याउन बीमाको...

स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्‍याउन बीमाको दायरा बढाउनुपर्छ: स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्‍याउन बीमाको दायरा बढाउनुपर्छ: स्वास्थ्य मन्त्री पौडेल

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्‍याउनका लागि स्वास्थ्य बीमाको दायरा बढाउनुपर्ने बताएका छन्। स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

    images
    images

    'नागरिक योगदानमा आधारित बीमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुग्न सक्छ। 'जसले अस्पतालको चालु खर्च समेत बीमाबाट प्राप्त हुने स्थिति हुन्छ', मन्त्री पौडेलले भने।

    बीमामा आधारित स्वास्थ्य प्रणाली हुनुपर्ने र त्यसका लागि आफूले पैरवी गरिरहेको समेत बताए। स्वास्थ्य सेवा जहिल्यै पनि गुणस्तरीय मात्रै हुने भएकोले यसमा गुणस्तरीयता जोड्न आवश्यक नभएको उनको तर्क थियो। सेवाका आधारमा अस्पतालको वर्गीकरण हुनुपर्ने धारणा मन्त्री पौडेलले

    images
    images

    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्यमा सर्वव्यापी हुनुपर्ने बताए। उनले भने, 'निरोधात्मक क्षेत्रमा काम गर्न सकेको ९० प्रतिशत काम गर्नुपर्ने अवस्था छ। जसले स्वास्थ्यमा आर्थिक भार समेत कम गराउँछ।' औषधि मूल्य समायोजन र स्वास्थ्य बीमामा सुधार गर्नुपर्ने अवस्था रहेको उनले बताए। स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि नयाँ स्रोत व्यवस्थाका लागि मन्त्रालय लागिपरेको उनले जानकारी दिए। 

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले स्वास्थ्य क्षेत्रमा प्रत्येक नयाँ कार्यक्रम ल्याउँदा त्यसको स्रोत व्यवस्थापन गरिनुपर्ने बताए। क्यान्सर, मुटु रोग जस्ता जटिल प्रकारका सेवालाई प्रदेशस्तरसम्म विस्तार गर्नुपर्ने उनको धारणा थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend