images

२०८३ आश्विन २२ गते

images
images
images

भर्तामा गाउँमा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै

भर्तामा गाउँमा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  •  काठमाडौं । जिल्लाको शुभकालिका गाउँपालिका–३ भर्ता गाउँमा रु ६९ लाख ५३ हजार चार सय ९८ को लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (वर्थिङ सेन्टर) निर्माण हुने भएको छ । छायाँ नेपाल र शुभकालिका गाउँपालिकाको संयुक्त लागत साझेदारीमा प्रसूति सेवा केन्द्र निर्माण हुन लागेको हो ।

    images
    images

    छायाँ नेपालको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा आधुनिक प्रसूति सेवा निर्माण हुने गाउँपालिकाले जनाएको छ । भर्ता गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती तथा सुत्केरी हुनेका लागि समस्या हुँदै आएकाले सहज उपचार सुविधा दिने उद्देश्यले आधुनिक भवन निर्माण गरी २४ घण्टा प्रसूति सेवा दिने गाउँपालिकाका गोविन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

    “प्रसूति सेवा केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गरी सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले आधुनिक भवन निर्माण गर्न लागिएको हा”, उहाँले भन्नुभयो, “विकट क्षेत्रका महिलालाई सुरक्षित प्रजनन सेवा दिने पालिकाको पहिलो प्राथमिकता छ ।”

    images
    images

    दुर्गम तथा विकट क्षेत्रमा व्यवस्थित प्रसूति सेवा अभाव रहेका स्थानमा छायाँ संस्थाले केन्द्र निर्माण गर्दै आएको संस्थाका कार्यकारी निर्देशक कमल थापाले बताउनुभयो । “सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्न लामो समयदेखि स्थानीय तहसँग समन्वय गरी केन्द्र स्थापना गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “कसैले पनि असुरक्षित प्रसूतिका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम तथा विकट क्षेत्रमा अभियानका रूपमा केन्द्र स्थापना थालेका हौँ ।

    अहिले शुभकालिका–३ भर्तामा सोही अभियानअन्तर्गत प्रसूति सेवा केन्द्र स्थापना गर्न पालिकासँग समन्वय गरिएको निर्देशक थापाले जानकारी दिनुभयो । केन्द्रमा दक्ष जनशक्ति खटाइने भन्दै आवश्यक अन्य व्यवस्थापन गाउँपालिकाले गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

    भवन पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले जानकारी दिनुभयो । “गाउँपालिका र छायाँको संयुक्त साझेदारीमा बन्ने केन्द्र पाँच महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एउटा फार्मेसी, प्रस्तुति कक्ष, कर्मचारी आवाससहितको भवन बन्नेछ”, उहाँले भन्नुभयो, “विकट बस्तीका सुत्केरी तथा गर्भवतीको सहजताका लागि केन्द्र स्थापना गर्न लागिएको हो ।”

    केन्द्रको भवन निर्माण गर्न आवश्यक जग्गा स्थानीय समाजसेवी नन्दबहादुर शाहीले निःशुल्क रूपमा उपलब्ध गराउनु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend