images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • महुली लघुवित्तको पुस ५ गतेदेखि एफपीओ...

महुली लघुवित्तको पुस ५ गतेदेखि एफपीओ बिक्री खुला, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

महुली लघुवित्तको पुस ५ गतेदेखि एफपीओ बिक्री खुला, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आउँदो पुस ५ गतेदेखि एफपीओ बिक्री खुला गर्ने भएको छ।

    images
    images

    संस्थाले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको एफपीओ बिक्री खुला गर्न लागेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री खुला गरिनेछ।

    लगानीकर्ताले यो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

    images
    images

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। यो एफपीओको निष्कासन बन्द छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गते बैंकिङ समयपछि हुनेछ।

    महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    हाल संस्थाको चुक्तापुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ। योसँगै हाल संस्थामा सर्वसाधारणतर्फको शेयर स्वामित्व १९.६८ प्रतिशतबाट बढेर ३० प्रतिशत पुग्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend