images

२०८३ आश्विन १८ गते

images
images
images

फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा मंसिर २८ गते

फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा मंसिर २८ गते

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा मंसिर २८ गते बस्दै छ। 

    images
    images

    सभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ।

    लघुवित्तले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ। यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन्।

    images
    images

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १४ गते बुक क्लोज गरिसकेकोले मंसिर १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend